मउवा संघ निर्वाचनमा हालसम्म को को भए विजयी हेर्नुहोस् नामावली
मकवानपुर १८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा एसोशिएट तर्फ गणेश भेटवालले ५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उज्वल चौंलागाईले ४६ मत प्राप्त गरेका थिए । साथै सदस्यहरुमा दिपक उप्रेती ,मकवानपुर क्रसर व्यवसायी संघका अध्यक्ष समेत रहेका राजाराम कार्की , विष्णु गोपाल मर्हजन , र विष्णु खनाल विजयी भएका हुन् यो नतिजा हिजो नै सार्वजनिक भईसकेको थियो ।

साथै उद्योग तर्फ उपाध्यक्षमा माधव न्यौपाने २ सय ३० मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रविन्द्र घिमिरेको १ सय ६७ मत आएको थियो । उद्योग तर्फ सदस्यहरुमा रुपकराज दाहाल सन्तोष अर्याल, नरेन्द्र भण्डारी र प्रमोद सिंह रानाभाट विजयी भएका हुन् ।
