साहित्यकार प्रतिमा पाठकलाई बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान

तु खबर संवाददाता
२०७४ पुष १६, आईतवार १४:३४

मकवानपुर, १६ पुस । आँचल साहित्य कला पुञ्ज मकवानपुरले स्थापना गरेको सम्मानबाट साहित्यकार प्रतिमा पाठकलाई सम्मानित गरिने भएको छ । मकवानपुरमा रहेर लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशिल पाठकलाई आँचलले बालकुमारी–जगन्ननाथ भेटवाल स्मृति सम्मान–२०७४ बाट सम्मानित गर्ने निर्णय शनिबार गरेको हो ।

छनोट समितिले दिएको निर्णयलाई आँचलको शनिबार बसेको बैठकले पाठकको नाम सार्वजनिक गरेको छ । पुस २२ गते शनिबार आँचलको वार्षिकोत्सवको अवसरमा हेटौंडामा हुने साहित्यिक कार्यक्रममा सम्मान गरिने आँचलकी अध्यक्ष अप्सरा तिमम्सिनाले जानकारी दिइन् । सम्मानसहित नगद १० हजार १ रुपैयाँ नगद रहेको उनले बताइन् ।

समाजसेवी हरिवंश भेटवालले मातापिताको स्मृतिमा सम्मान स्थापना गरेका हुन् । उनले आँचल मार्फत् मातापिताको नाममा १ लाख २१ हजार १ सय २१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । जसको ब्याजले ३ नम्बर प्रदेशमा रहेर साहित्यिक क्षेत्रमा क्रियाशिल एक जना महिलालाई प्रत्येक वर्ष सम्मानित गरिने आँचलकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् ।

साहित्यमा कविता, गीत, गजल, मुक्तक, निवन्धलगायतका क्षेत्रमा कलम चलाउँदै आएकी पाठक उक्त सम्मानबाट सम्मानित हुने पहिलो साहित्यकार भएकी छिन् । पहिलो सम्मान मकवानपुरबाट सुरु गरिएको आँचलले जनाएको छ । भेटवाल हृदयरोग प्रतिष्ठान मकवानपुरका सभापति हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*