कक्षा १२ को परीक्षा २०८० बैशाख दोस्रो हप्ता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० बैशाख दोस्रो हप्ता हुने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९÷०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
उक्त कार्यतालिका अनुसार, कक्षा १२ को वार्षिक परीक्षा २०८० बैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० बैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।
त्यस्तैगरी, कक्षा ११ को वार्षिक परीक्षा २०८० बैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा भने साउन मसान्तभित्र हुने जनाएको छ ।
