मउवा संघको मनोनय दर्ता आज , राउत र कटुवाल पनि जादैं
मकवानपुर १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको भोलि पुस १७ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ता हुने मउवा संघले जानकारी दिएको छ ।
संघले जानकारी दिए अनुसार हिजो पुस १५ बार्षिक साधारणसभा तथा अधिवेशन ,आज पुस १६ मनोनयन दर्ता र भोलि निर्वाचन हुने छ । विभिन्न समयमा आफ्नो उम्मेदवारी धोषणा गरेका उम्मेदवारहरुले आज आधिकारीक रुपमा आफ्नो उम्मेदवारी दिने छन् ।
अध्यक्षका उम्मेदवार महेन्द्र राउतले १० बजे मनोनयनका लागि जाने जानकारी दिएका छन् भने अध्यक्षका अर्का उम्मेदवार कृष्णकुमार कटुवाल भने ८ः३० मा जाने जानकारी दिएका छन् । हालसम्म दुवै पक्षको पहिलेनै घोषणा गरे अनुसारको उम्मेदवारी रहने जानकारी छ ।
