काठमाडौंको महाराजगन्जस्थित विद्यालयभित्रै छात्रा बलात्कृत भएपछि…

तु खबर संवाददाता
२०७४ पुष १५, शनिबार १८:२८

काठमाडौं । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन महानगरीय प्रहरी अवधारणा लागू गरिएको राजधानीमै बालिकाहरु असुरक्षित बन्न पुगेका छन् । काठमाडौंको महाराजगन्जस्थित एक विद्यालयभित्रै छात्रा बलात्कृत भएकी छिन् ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जका अनुसार अभियुक्तलाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिसकिएको छ ।
राजधानीको मुख्य व्यापापरिक केन्द्र मात्रै नभएर राष्ट्रपति कार्यालय शितलनिवासदेखि तीन किलो मिटरको दुरीमा रहेको एक विद्यालय (पीडितको सुरक्षाको लागि नाम गोप्य) मा अध्ययनरत छात्रा (नाम गोप्य) लाई एक महिनाअघि सोही विद्यालयमा काम गर्ने सुजन श्रेष्ठ नाम गरेका व्यक्तिले विद्यालयको छतमा लगेर बलात्कार गरेका थिए । पीडित बालिकाको व्यवहार दिनदिनै परिवर्तन हुँदै गएपछि अभिभावकले सोधपुछ गर्दा गत साता मात्रै घटनाको बारेमा परिवारका सदस्यले जानकारी पाएका थिए ।

लगत्तै उनीहरुले महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिन पुगे । प्रहरीले घटनाको तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउने क्रममा श्रेष्ठ पक्राउ परेको महानगरीय प्रहरी बृत्तका डिएसपी योगेन्द्र सिंह थापाले तूखवरलाई जानकारी दिए । पक्राउ परेको अभियुक्त श्रेष्ठले अपराध स्वीकार गरिसकेको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको
हो ।

वृत्तका डिएसपी योगेन्द्र्रसिंह थापाका अनुसार स्कुलको छतमा बलात्कार भएको भन्दै छात्रा आफैले उजुरी दिएका छिन् । १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन् । साँझको समयमा छतमा लगेर बलात्कार गरेको उजुरीमा छ । श्रेष्ठले बाहना बनाएर छतमा बोलाएका थिए । छतमा पुगेपछि बलात्कार गरेर कसैलाई उक्त कुरा भनेमा मारिदिने धम्की समेत दिएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*