मउवासंघको साधारणसभा उद्घाटन गर्दै भवानी राणाले के भनिन् ?

तु खबर संवाददाता
२०७४ पुष १५, शनिबार १७:५७

मकवानपुर, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको समय भनेको आर्थिक समृद्धीको भएको बताएकी छिन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभाको शनिबार हेटौडामा उद्घाटन गर्दै उनले आर्थिक समृद्धीका लागि आफुहरु सरकारसंग मिलेर काम गर्नका लागि तयार रहेको बताएकी छिन् । अहिले पनि उद्योगी, व्यावसायीहरु करको दोहोरो मारमा परेको बताउँदै उनले अबको प्रादेशिक संरचनामा पनि आफुहरु त्यसको मारमा नपार्नका लागि आग्रह गरिन् । उद्योग स्थापना गर्नका लागि सरकार संग मिलेर काम गर्दै युवाहरुलाई रोजगारी दिलाउनका लागि तयार रहेको उनको भनाइछ । समृद्धिको नेतृत्व लिन उद्योगी ब्यवसायीहरु तयार हुनुपर्ने उनले बताएकी छिन् । अध्यक्ष राणाले मकवानपुरको विकासको मुल प्रवाह निर्माणधीन द्रुत मार्ग तथा निजगढ विमानस्थल रहेको भन्दै उनले मकवानपुर पर्यटन विकासको निकै संभावना भएको जिल्ला रहेको समेत बताइन् ।

कार्यक्रममा मकवानपुर प्रतिनिधि सभा क्षेत्रनंमबर १ का सांसद कृष्णप्रसाद दाहालले औद्योगिक वातावरण तयार पार्नका लागि आफुहरु तयार रहेको बताए । अब आर्थिक समृद्धी संगै युवाहरुलाई रोजगारी सृजना गरिनुपर्ने दाहालको भनाइछ । कार्यक्रममा मकवानपुर प्रतिनिधिसभा क्षेत्रनंमबर २ का सांसद बिरोध खतिवडाले दामनपालुङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक गतिबिधिलाई अगाडि बढाउनका लागि आफुहरु लागिपरेको बताए ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नारायणी यातायात ब्याबसायी संघ हेटौडाका अध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले मन्तब्य ब्यक्त गरेको सो कार्यक्रममा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*