मृतकका परिवारले शव बुझे

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १५:२६

दमौली, तनहुँ, १४ पुस । यहाँ भएको एक युवकको मृत्युको घटनामा मृतकका परिवारजनले तीन दिनपछि बिहीबार शव बुझेका छन् । दमौली अस्पतालमा शवपरीक्षणपछि उनीहरुले शव बुझेका हुन् ।

तनहुँको व्यास नगरपालिका–२ बाराही कलेज नजिकै बुल्दी खोलामा मंगलबार बिहान २३ वर्षीय ओमबहादुर विकको शंकास्पद ढंगबाट मृत्यु भएपछि हत्या भएको भन्दै त्यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने भन्दै मृतकका परिवारले शव बुझेका थिएनन् । घटनाको गहिराइमा पुग्न लागेको र छिट्टै हत्यामा संलग्न व्यक्ति नियन्त्रणमा आउने प्रहरीले बताएपछि उनीहरुले शव बुझेको बताइएको छ ।

प्रहरीले अनुसन्धान तीव्र बनाएको र घटनाको नजिकै पुगिसकेको जनाएपछि मृतकका परिवारले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो ।

विक टाउको र अनुहारमा गहिरो चोट लागेको अवस्थामा खोला किनारमा मृतावस्थामा भेटिएका थिए । ढुंगैढुंगाले हानेर विकको हत्या गरिएको भन्दै उनको परिवारले निष्पक्ष छनबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन् । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*