हेटौँडा एफ.एम.का अध्यक्ष र प्रबन्ध निर्देशकको एउटै पदमा घम्साघम्सी
मकवानपुर, १४ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा हेटौंडा एफ एम ९६.६ मेगाहर्जको संचालक समितिका अध्यक्ष गणेश भेटवाल र प्रबन्ध निर्देशक उज्वल चौलागाँई एउटै पदको लागि दरो भिडन्त देखिएको छ । । चुनाव आफैंले जित्नुपर्छ भन्ने मनसायका साथ दुवै प्रचारप्रसार र माहौल आफ्नो पक्षमा पार्नको लागि चुनावी अभियानमा होमीएका छन् ।
मउवा संघको एशोसिएट तर्फको उपाध्यक्षको लागि महेन्द्र राउत प्यानलबाट उज्वल चौलागाई र कृष्ण कटुवाल प्यानलबाट गणेश भेटवालको उम्मेदवारी रहेको छ ।
दुवै पक्षको आफुले चुनाव जित्नुपर्छ भन्ने धारणा रहेको छ । तर बाजी कस्ले मार्छ त्यो निर्वाचनले देखाँउछ । तु खबरले यस विषयमा चौलागाईलाई जिज्ञासा राख्दा चुनावको लागि आफु योग्य भएको कारण चुनाव आफंैले जित्नु पर्ने बताए । एउटै संस्थामा रहेपनि राजनीतिमा त्यस्तो नहुँने उनको धारणा छ । आफै चुनावमा होमिए पनि उनले प्रतिस्पर्धी भेटवाललाई शुभकामना दिएका छन् ।
त्यसैगरी भेटवालले प्रतिक्रिया दिँदै भने “उज्जव चौलागाईले मलाई सरासर धोका दिए ।’’ गुटबन्धीको राजनितीका कारण अन्तिम चरणमा आएर चौलागाईले धोका दिएको उनको धारणा छ । ‘‘मानविय रुपमा योग्यता र अनुभवको आधारमा म उनी भन्दा सिनियर भएको कारण उनको सहयोग मलाई हुनुपर्छ ’’ उनले भने ।
