बलात्कारीलाई १० वर्ष कैद

तु खबर संवाददाता
२०७४ पुष १३, बिहीबार २०:०६

चौतारा, १३ पुस (रासस) : जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले आज उक्त फैसला गरेको हो । अपाङ्गतायुक्त पीडकले बालिकालाई चकलेट दिई ललाइफकाई घरमै बलात्कार गरेका थिए । घटनामा संलग्न दोषीमाथि गत कात्तिक ३ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*