सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको भने मूल्य स्थिर रहेको छ ।
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ६०० सय कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा २०० ले बढेको हो ।
त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि आइतबारको तुलनामा २०० ले बढेको छ । तेजावी सुन आज प्रति तोला ९५ हजार १०० पुगेको छ । यता चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको भाउ प्रति तोला १ हजार २२० रुपैयाँ नै रहेको छ ।