किर्ते अभियोग लागेका नवराज सिलवालको विषयमा अनलाइनलाई प्रहरीले चिठी काटेपछि काउन्सिलले के भन्यो ?
काठमाडौँ । १२ पुस । केही दिनअघि पूर्व डिआइजी तथा हालका साँसद नवराज सिलवालका सम्बन्धमा स्रोत उपलब्ध गराइदिन प्रहरीले चिठी काटेपछि प्रेस काउन्सिलले संचारमाद्यममा प्रकाशित समाचारका बिषयमा गुनासो भए प्रेस काउन्सिलसँग समन्वय गर्न भन्दै विज्ञप्ती निकालेको छ ।
काउन्सिलका सूचना अधिकारी तथा सहप्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ती निकालेर कुनै समस्या भए काउन्सिलसँग समन्वयन गर्न आग्रह गरेका हुन् । महानगरी प्रहरी परिसर काठमाडौँले अनलाइन संचारमाद्यमसँग समाचारको बिषयका कागजपत्र माग्दै पत्र पठाएपछि काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।
विज्ञप्तीमा समाचारको स्रोत संरक्षणको दायित्व पत्रकार र संचारमाद्यमको हुने समेत काउन्सिलले प्रस्ट पारेको छ । यसै विषयलाई लिएर केही संचारमाद्यमले प्रहरीलाई विपक्षी बनाई मुद्धा दर्तासमेत गरेका छन् ।
