चुनाव जितेँभने बोलेर हैन गरेर देखाउँछु : रविन्द्र घिमिरे
मकवानपुर १२ पुस । मकवानपुर उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा महेन्द्र राउतको प्यानल मार्फत उद्योग तर्फको उपाध्यक्षमा युवा व्यवसायी रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । उनी आफु युवा भएकै आधारमा बिपक्षीले आलोचना गरेको पनि बताउँछन् ।
तु खबरसंग कुराकानी गर्दै उपाध्यक्षका उम्मेदवार घिमिरेले यो देशको माथिल्लो स्तर देखिनै युवालाई अवसर नदिएको कारण युवा पछिपरेको बताए । २ कार्यकाल मउवा संघमा रहेर काम गरेका घिमिरे हाल उपाध्यक्षका उम्मेदवार बनेँ । उनले निकै जोशका साथ आफ्नो योजना पनि सुनाए ।
उनका योजनाहरुमा सम्पूर्ण खालका व्यवसायीलाई एकढिक्का बनाउँने , अभिमुखिकरण गर्ने , सबैखालका व्यवसायीलाई समेट्ने , हेटौंडामा औधोगिक लगानी ल्याउन पहल गर्ने , विभिन्न संघसंस्था संगको सहकार्यमा व्यवसायीक हितका कार्यहरु गर्ने ,स्थानिय प्रतिनिधिहरुको सहकार्यमा कामगर्ने , राम्रा व्यवसायीलाई उचित स्थान दिने ,लगाएतका थुप्रै योजना उनीसंग छन् ।
उनी मउवा संघमा मात्र नभई सामाजिक संघसस्थाहरुमा समेत सहभागी भएका सामाजिक सेवा समेत गरेका छन् । श्री कृष्ण प्राविको संचालक समितिको पुर्व अध्यक्ष ,लाएन्स क्लब अफ मकवानपुरका पुर्व सचिव ,बस्तीपुर जेसिजको कोषाध्यक्ष ,रोटरी क्लब अफ हेटौंडाको सदस्य साथै कपडा तथा तयारी पोशाक व्यवसायीको संघको उपाध्यक्ष समेत रहेका छन् ।
उनले आफुले बोलेर भन्दा गरेर देखाउने कुरा निकै जोसका साथ बताए । पदमा बोल्ने मात्रै हैन बसेर काम गर्नुपर्ने भन्दै उनले आफुलाई बोल्न जान्दैन भनेर आलोचना गर्नेहरुलाई तिखो प्रहार समेत गरे ।
