होटल व्यवसायीको लागि डटेर लाग्छु : निप्पु सर्राफ

तु खबर संवाददाता
२०७४ पुष १२, बुधबार १३:०६

मकवानपुर १२ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मकवानपुर होटल एशोसिएसनको तर्फबाट होटल व्यवसायीको प्रतिनिधित्व गर्दै निप्पु सरार्फले उद्योग तर्फको सदस्यमा आफ्नो उम्मेदवारी दिएका छन् । होटल एशोसिएसन मकवानपुरको एकमात्र प्रनितिधि रहेका उनी होटल व्यवसायमा पछिल्लो समय निकैनै समस्या देखिएको कारण आफु त्यसको निराकरणको लागि मउवा संघमा रहनु आवश्यक रहेको बताउँछन् ।
लाएन्स क्लब हेटौंडाको सह कोषाध्यक्ष साथै मकवानपुर होटल एशोसिएसनको कार्यसमिति सदस्य लगाएतका विभिन्न संघ संस्थाको प्रतिनिधि भई कार्यभार सम्हालेका सरार्फ आफु मउवा संघमा योजना सहित पहिलो पटक प्रवेश गरेको र आफु निर्वाचित भएको खण्डमा होटल व्यवसायीको मन जित्नुको साथै सम्पुर्ण व्यवसायीक हितका लागि लाग्ने बताउँछन् ।
तु खबरले उनका योजनाहरुको बारेमा जिज्ञासा राखेपछि उनले सर्वप्रथम होटल व्यवसायीको हितका लागि लड्ने र सम्पूर्ण व्यवसायीक हितका लागि काम गर्ने बताए । त्यसैगरी प्रशासनिक समस्या तथा अनुगमनका कारण व्यहोर्नु परेको अनावश्यक समस्याको समाधानको पहल गर्ने , कर सम्बन्धी समस्याहरु ,साना तथा ठुला व्यवसायीको विकासका लागि पहल गर्ने , होटल व्यवसायमा नवप्रवेश गरेकाहरुलाई तालिम तथा अभिमुखिकरण गर्ने , व्यवसायीक नयाँ भिजन ल्याउने ,व्यवसायीको प्रोत्साहनको लागि लाग्ने बताए ।
उनले हाल सम्म मउवा संघमा होटल एशोसिएनको प्रतिनिधित्व नभएको कारण आफु विजयी हुनु आवश्यक रहेको बताए । साथै होटल व्यवसायी र सम्पूर्ण व्यवसायीको हितका लागि आफुले लागेसम्मको पहल गर्ने पुन दोहोर्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*