पत्रकारिता पुरस्कारकालागि महेन्द्र राउतले दिए महासंघलाई एक लाख

तु खबर संवाददाता
२०७४ पुष ११, मंगलवार ०९:१९

मकवानपुर, ११ पुस । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले आफ्नो हजुरबुवा हजुरआमाको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी पत्रकार महासंघ मकवानपुरलाई एक लाख रुपियाँ सहयोग गरेका छन् ।

सोमबार हेटौंडामा एक कार्यक्रमकाबीच राउतले पत्रकार महासंघका अध्यक्ष हरि हुमागाइँलाई चेक हस्तान्तरण गरेका हुन् । उनले हजुरबुवा मानबहादुर र हजुरआमा पार्वती राउतको नाममा ‘पार्वती–मान पत्रकारिता पुरस्कार’ वितरण गर्ने गरी एकलाख रुपियाँ सहयोग गरेको बताए । एकलाखको ब्याजले पत्रकार महासंघको जिल्ला अधिवेशनको समयमा एकजना पत्रकारलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

पत्रकारिता क्षेत्रको विकासमा उद्योगी एवम् व्यवसायीको भूमिका समेत महत्वपूर्ण हुने भन्दै उनले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । राउतले यसअघि आफूले शिक्षा प्रारम्भ गरेको तनहुँको तालवेशी उच्च मावि शुक्लागण्डकी–९ मा पनि गरिब एवम् जेहेन्दार बिद्यार्थीको छात्रबृत्तिको लागि एकलाखको अक्षय कोष स्थापना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*