राउतको प्यानलले गरे उम्मेदवारी घोषणा ,को को छन् उम्मेदवार ?

तु खबर संवाददाता
२०७४ पुष ११, मंगलवार ०८:२२

मकवानपुर ११ पुस । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि वर्तमान महासचिव महेन्द्र राउतको प्यानललेनै उम्मेदवारी घोषणा गरेका छन् । हिजो सोमबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष महेन्द्र राउत ,वाणिज्य तर्फको उपाध्यक्ष कृष्णकुमार गुप्ता ,एशोसिएट तर्फको उपाध्यक्ष उज्वल चौंलागाई ,उद्योग तर्फको उपाध्यक्ष रविन्द्र प्रसाद घिमिरे साथै १७ सदस्य शहिदको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन् ।

को को छन् सदस्यका उम्मेदवार
वाणिज्य तर्फ राजेन्द्र लामिछाने ,पवन कुमार अ्रवाल ,मनोज जालान ,कृष्ण प्रसाद ढुंगाना ,दिवस पराजुली , जावेद हुसेन, दिलिस गोविन्द जोशी त्यसैगरी एशोसिएट तर्फ उपेन्द्र सुवेदी ,प्रल्हाद चौलागाई ,यम बहादुर सिलवाल ,रहेका छन् ।
उद्योग तर्फ राजु नेपाल नरेन्द्र भण्डारी , गँगा प्रसाद पौडेल , निप्पु सर्राफ , प्रतिमा श्रेष्ठ लगाएत रहेका छन् । त्यसैगरी बस्तुगत तर्फ राजु अधिकारी र तेजराज अधिकारीले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार राउतले आफुले व्यवसायीको मर्म बुझेको कारण व्यवसायीले आफुलाई सहयोग गर्ने समेत बताए । कार्यक्रममा मउवा संघ अध्यक्ष राजकुमार न्यौपाने ,रामभन्द्र्र अर्याल माईकल लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*