कृष्ण कटुवालसँग व्यवसायीको माग–‘पारदर्शी कार्य समिति चाहियो’
मकवानपुर, ९ पुस । यही पुस १५ गतेबाट हुने मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण कटुवालसँग मकवानपुरे व्यवसायीहरुले पारदर्शी कार्य समितिको माग गरेका छन् ।
चुनावी अभियान लिएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत हटिया, चुच्चेखोला, चौघडा हुँदै मनहरी गाउँपालिकोको मनहरी बजारसम्म पुगेका कटुवाललाई व्यवसायीहरुले सक्षम र पारदर्शी कार्य समितिको माग गरेका हुन् ।
व्यवसायीहरुसँग छलफल गर्दै कटुवालले मकवानपुरको उत्तरी, पश्चिम र पुर्वी क्षेत्रमा रहेका व्यवसायीहरुलाई समेटेर व्यवासयीक उन्नति र विस्तारका साथै मकवानपुरवासीलाई सहज व्यवसायलाभको समेत व्यवस्था गर्ने बताए । उनले व्यवसायीक रुपमा मकवानपुरको गुम्बा डाँडा र मकवानपुरगढीको पर्यटन विकासमा समेत जोड दिने ईच्छा व्यक्त गरेका छन् ।
तु खबरसँग कुराकानी गर्दै उनले उद्योगी तथा व्यवसायीहरुको हकहितको लागि सदैव लागिपर्ने बताउँदै उनीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै चुरेहिल अस्पतालमा उपचारका लागि सहुलियत गरिएको बताए । कपडा , मोबाइल एसोसिएसन का व्याबासायीहरुले समेत सेवाको लाभ लिन सकिने बताए । संघको चुनावमा कटुवालसँग महेन्द्र राउत भिड्दैछन् ।
