मकवानपुर गोल्डकप : आज नेपाल आर्मी र एभिनियर एफसी क्यामरुन भिड्दै

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १०:०२
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् शनिबार फाइनल प्रवेशको लागि खेल हुँदैछ ।

मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज नेपाल आर्मी क्लब र एभिनियर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ ।

उक्त प्रतियोगिता अपराह्न ४ बजेदेखि सुरु हुने आयोजनकले जनाएको छ । यसअघि हिजो शुक्रबार भएको सेमिफाइनलमा विजय युवा क्लब हेटौंडाले जित हासिल गरेको छ । पहिलो सेमिफाइनल खेलमा विजय युथले नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।