भिमफेदी गाँउपालिकामा शैक्षिक अन्तरक्रिया
मकवानपुर ७ पुस । मकवानपुरको भिमफेदी गाँउपालिकामा आज शैक्षिक बहस भएको छ ।
सामाजिक विकास समिति भिमफेदी गाँउपालिकाको आयोजनामा मकवानपुरको सामुदायिक र संस्थागत विध्यालयमा गुणस्तरीय शिक्षा प्रदान कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धीत सरोकारवालाहरुसंग छलफल समेत गरीयको गाँउपालिकाका प्रमुख हिदम लामाले जानकारी दिए ।
सम्पुर्ण विध्यालयका प्रधानअध्यापकहरुको उपस्थिति रहेको कार्यक्रममा मकवानपुरमा शिक्षाको अवस्था , शिक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान ,र त्यसको निराकरण लगाएतका विषयमा छलफल भएको थियो ।
तु खबरलाई प्रतिक्रिया दिँदै अध्यक्ष लामाले गाँउपालिकाको शिक्षा प्रणाली सोचेजस्तो गुणस्तरीय नभएको कारण आगामी दिनहरुमा त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने मनसायका साथ कार्यक्रम आयोजना गरीएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल ,उपप्रमुख भगवती पुडासैनी, जिल्ला शिक्षा अधिकारी वद्रीनारायण सर्मा ,लगाएतको उपस्थिति रहेको थियो ।
