कृष्ण कटुवालको योजना २५ मिटर सडक विस्तारदेखि पत्रकारहरुको वैदेशिक भ्रमणसम्म

तु खबर संवाददाता
२०७४ पुष ७, शुक्रबार १२:१७

मकवानपुर ७ पुस । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनका अध्यक्षका उम्मेदवार कृष्णकुमार कटुवालले आज पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । कटुवालले आफुले जितेको खण्डमा समग्र व्यवसायीको हितको लागि काम गर्ने साथै पत्रकारहरुलाई बैदेसिक भ्रमणमा लैजाने योजना समेत रहेको बताए ।

मकवानपुरमा पत्रकारहरुलाई वैदेशिक भ्रमणमार्फत केहि सिक्ने अवसर प्रदानगरी व्यवसायीक पनि बनाउन सकियो भने आर्थिक क्षेत्रमा पत्रकारहरु सबल हुने समेत उनले बताए । कटुवालले २५ मिटर सडक विस्तारको विषयमा भने सरकारले मुआब्जा अनिवार्य दिनुपर्ने त्यसपछि २५ मिटर सडक विस्तार गर्दा राम्रो हुने धारणा राखे ।

उनका योजनाहरुमा हेटौंडाको पल्पसा सभागृहको स्तरोन्नति गर्ने ,आफ्नो कार्यकालमा मउवा संघमा अतिथि सत्कार सदन निर्माण गर्ने , अटो भिलेज निर्माण गर्ने ,उत्तरी क्षेत्रको व्यवसायीको हितका लागि सहकार्य गर्ने , जिल्लाका अन्य संघसस्था संगको सकारात्मक सुझाव अनुसार आफु चल्ने समेत बताए ।

उनले व्यवस्थीत पशुबधसाला निर्माण ,भन्सार कर कम गर्ने लगाएतका योजनाहरुपनि सार्वजनिक गरेका छन् ।कार्यक्रममा बाणिज्य तर्फको उपाध्यक्षको उम्मेदवार दिपकसर्भा ढकाल ,उद्योगतर्फको उपाध्यक्षका उम्मेदवार माधव न्यौपाने , एसोसिएट तर्फको उपाध्यक्षका उम्मेदवार गणेश भेटवाल ,वस्तुगततर्फको उपाध्यक्षको उम्मेदवार रामप्रसाद न्यौपाने तगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*