मेलान मकवानपुरमा फेरी उत्सवकै नेतृत्व

तु खबर संवाददाता
२०७४ पुष ६, बिहीबार १८:१६

मकवानपुर ६ पुस । मेडिकल ल्याब एशोसिएसन अफ नेपाल (मेलान) मकवानपुरको चौथो अधिवेसन आज हेटौंडामा सम्पन्न भएको छ । अधिवेसनले अध्यक्ष उत्सव चौलागाइलाई नै पुन अध्यक्ष पदको जिम्मा दिएको छ भने उपाध्यक्षमा राजकुमार ईटनी, सचिव सन्दिप निर्मल , सहसचिव मधु अर्याल ,कोषाध्यक्ष सुवास श्रेष्ठ सहित १५ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।
मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरको स्वास्थ्य स्थिति त्यसबाट मकवानपुरवासीलाई परेको सकारात्मक वा नकारात्मक प्रवाभ , स्वास्थ्य सुधार लगाएतका विायमा चर्चा भएको थियो ।
कार्यक्रममा बोल्दै मेलानका केन्द्रिय महासचिव एवं कार्यक्रमका प्रमुख अतिथि राजेन्द खड्काले मकवानपुरको स्वास्थ्य अवस्थाको सुधारको लागि मेलान सधैँ लागिपरेको र आगामी दिनहरुमा पनि मेलानको राम्रो सक्रियता रहने स्पष्ट पारे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा ,औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहाल ,लगाएत अन्य मकवानपुरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*