पर्साको सुपर ग्यास प्लान्टमा भिषण आगलागि अझै आएन नियन्त्रणमा

तु खबर संवाददाता
२०७४ पुष ५, बुधबार १०:५४

पर्सा ५ पुस । पर्सा स्थित भवानीपुरको सुपर ग्यास प्लान्टमा आज बिहान भिषण आगलागि भएको छ । बिहान ६ बजे ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई सुरु भएको आगलागि हालसम्म पनि नियन्त्रणमा आईनसकेको त्यहाँ स्थित पत्रकार बेद भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार आगलागि नियन्त्रणको लागि परिचालन गरिएको दमकल र बारुणयन्त्र समेत जलेपछि यो समाचार तयार पार्दा सम्म समेत आगो नियन्त्रण भएको छैन् ।

बिश्वकर्मा सिमेन्ट उद्योग नजिक रहेको सबै ग्यास बुलेटपनि जलेल नष्ट भएको समेत पत्रकार भट्ट्ले जानकारी दिए । आगलागि भएको उद्योगको संचालक अवुलेश अन्सारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*