विदेशमा रोजगारीको सपना देखाएर २७ लाख लुट्ने प्रतिवादी जेल चलान

तु खबर संवाददाता
२०७४ पुष ४, मंगलवार १७:४४

काठमाडौँ, ४ पुस । वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ कात्तिक ३० गतेको फैसलाले २ वर्ष कैद र २ लाख रुपैयाँ जरीवाना भई फरार रहेका लम्जुङको तान्द्रङटाक्सार–३ बस्ने ४४ बर्षीय हरिबहादुर पाण्डेलाई जेल चलान गरिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले पाण्डेलाई सोमबार काठमाडौँ बाँसबारीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडाँै जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।

प्रतिवादी पाण्डे समेतले वेल्कम इन्टरनेशनल एजुकेशन फाउण्डेसन प्रा.लि नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने ईजाजत पत्र नलिई समेत लिएका थिएनन् । उनीहरुले पिडितहरुलाई वैदेशिक रोजगारीको लागि पपुवा न्यूगिनी पठाई दिने भनि बिभिन्न मितिमा गरि जम्मा २७ लाख ४५ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*