अनमोल अभिनित ‘कृ’ को ट्रेलर भाईरल (ट्रेलर सहित)

तु खबर संवाददाता
२०७४ पुष ३, सोमबार ११:३१

मकवानपुर, ३ पुस । मोल केसी अभिनित नेपाली कथानक चलचित्र ‘कृ’को ट्रेलर भाईरल भएको छ । अपलोड भएको ३ दिनमा नै यसलाई दर्शकले १० लाख २१ हजारन्दा बढीले हेरेका छन् । साथै यो युट्युब ट्रेण्डिङको नम्बर १ मा परेको छ ।

यस अघि लभर र प्ले ब्वाइको रोल गरिरहेका अनमोललाई कृ मा नयाँ अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको चलचित्रको ट्रेलरमा अनमोलको एक्सन अवतारलाई देखाइएको छ ।

चलचित्रमा अनमोलसँगै अदिति बुढाथोकी र अनुप विक्रम शाहीको मूख्य भूमिका रहेको छ । साथमा कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हेर्नुहोस् ट्रेलर–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*