म्यादी प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर २८, बिहीबार १२:४१
फोटो : गुगल

दार्चुला, २८ मंसिर । काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ ।

नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको राससले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*