हेटौँडालाई प्रदेश राजधानी बनाउन वाम गठबन्धनको माग

तु खबर संवाददाता
२०७४ मंसिर २७, बुधबार १६:०८

हेटौँडा, २७ मंसिर । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नम्बर प्रदेशको राजधानी हेटौंडालाई बनाउनुपर्ने माग गरेको छ ।
जिल्लाका जनताको भावना अनुरुप राजनैतिक दल, सामाजिक संघ संस्था र स्थानिय तहको सरकारका तर्फबाट हेटौंडालाई प्रदेश नं. ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
राजधानी बनाउन सरोकार समिति समेत गठनगरी माग गरिदैँ आएको भन्दै समितिले तत्कालिन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनि निर्वाचन प्रचारवाजीको विषय बनाएकोमा बिरोध समेत गरेको छ । ‘ तत्काल राजधानी बनाउने दवावलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारवाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौंडालाई प्रदेश नं. ३ को राजधानी बनाउनको लागी तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ’ बिज्ञप्तीमा लेखिएको छ ।

त्यसैगरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन २०७४ मा बाम गठबन्धनका उम्मेदवारहरुलाई प्रत्यक्ष तर्फ तथा समानुपातिकतर्फ मतदान गर्ने सम्पूर्ण मकवानपुरबासी, गठबन्धनका सम्पूर्ण सदस्य तथा पार्टी कमिटीहरु, निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राष्ट्रिय र अन्तराष्ट्रिय पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई धन्यवाद तथा आभार प्रकट गरेको छ । बिज्ञप्तीमा निर्वाचनमा अत्याधिक मतले विजय गराएकोमा धन्यवादका दिंदै जनताको विश्वासलाई भरपुर रुपमा देश र जनताको पक्षमा लगाउने प्रतिबद्धता ब्यक्त गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*