हालसम्म कुन पार्टीले कति स्थानमा जिते हेर्नुहोस् नतिजा

बलराम पुडासैनी
तु खबर संवाददाता
२०७४ मंसिर २५, सोमबार ०७:१९

काठमाडौं २५ मसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा अहिले निकैनै चासोको विषय बनेको छ । हाल सम्मको नतिजा अनुसार नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ७३ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभा तर्फ १३७ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी माओवादीले प्रतिनिधिसभा तर्फ ३० र प्रदेशसभामा ५७ स्थान जितेको छ । साथै काँग्रेसले हालसम १७ स्थानमा प्रतिनिधिसभा सदस्य र २४ स्थानमा प्रदेशसभा सदस्य जितेको छ ।
देशको चौथो ठुलो दलको रुपमा हाल संघिय समाजवादी फोरम रहेको छ । फोरमले प्रतिनिधिसभा तर्फ ६ र प्रदेशसभा तर्फ १२ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी नयाँशक्ति पार्टी नेपालले प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभा तर्फ २ स्थानमा जित हासिल गरेको छ । भने राष्ट्रिय जनमोर्चाले पनि प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभा तर्फ २ स्थानमा जितेको जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*