देउवा पत्नी आरजुलाई बामका नारदमुनीले पछि पारे
कैलाली २४ मसिंर । कैलालीको निर्वाचन क्षेत्र ५ मा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवा हालसम्म ३ हजार भन्दा बढी मतले पछि परेकी छिन् । बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानाले ३ हजार ३ सय ५२ मतले पछि पारेका छन् । हालसम्मको परिणाम अनुसार बामका उम्मेदवार रानाले २३ हजार २८ मत प्राप्त गरेका छन् भने आरजुले हालसम्म १६ हजार ६ सय ७६ मत प्राप्त गरेकी छिन् । मतगणना जारी छ ।
