जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ११:१२

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पछिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले देखाएको अहंकारप्रति चिन्ता ब्यक्त गरेका छन्। उनले देखाएको अहंकारप्रति सबैलाई संयमित हुन उनको आग्रह थियो। ‘अहंकारको भारीले तपाइँलाई थिच्ला। संयमित भएर जनताप्रति उदरदायी हुन आग्रह छ,’ उनले ओलीलाई भेन।

निर्वाचनमा भएको बम विस्फोटको विषयलाई लिएर थापाले असंवेदनशिल ढंगले उम्मेदवारले नै बम पड्काएो अभिब्यक्तिप्रति टिप्पणी गर्दै ओलीप्रति हिंसात्मक घटना भएपनि कांग्रेस त्यस्तो हिंसाको विपक्षमा रहने बताए। उनले घाइतेहरुको अपमान गर्नेगरी अभिब्यक्ति दिएकोमा चिन्तासमेत गरे।

उनले कांग्रेसले देशभरि अपेक्षित परिणाम नपाएको भन्दै आफ्ना कार्यकर्तालाई संयमित र धैर्य रहन आग्रह गरेका छन्। उनले निर्वाचनका बेला सुनियोजित प्रोपोगान्डा गर्नेहरुलाई स्वच्छ राजनीतिमा आउन आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*