जुम्लामा वाम गठबन्धनका महत विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार ०९:२९

जुम्ला, २३ मंसिर/रासस : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको जुम्लामा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महतले २२ हजार १७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र शाहीले १४ हजार १४९ मत ल्याएका छन् ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दुई हजार ७१८ मत ल्याएका छन् । महत भने २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए । खसेको कुल मतमध्ये एक हजार ८७ बदर भएको सहायक मतदान अधिकृत इन्द्र खड्काले जानकारी दिए । प्रतिनिधिसभातर्फ जुम्लामा ४१ हजार ४५६ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*