काठमाडौँ–१ मा रविन्द्र मिश्रलाई हराउँदै काँग्रेस नेता सिंह विजयी
काठमाडौँ, २३ मंसिर/रासस काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन् ।
आज बिहान २ बजे घोषणा भएको मतपरिणामअनुसार नेता सिंह आफ्ना निकटम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले काँग्रेस नेता सिंहले १० हजार ९३६, विवेकशील साझाका मिश्रले १० हजार ११८ र वाम गठबन्धनका अनिल शर्माले पाँच हजार ३३६ मत प्राप्त गर्नुभएको जानकारी दिए ।
