हुम्लामा छक्कबहादुर विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १४:५६

हुम्ला, २२ मंसिर । हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला लामा ४७ मतले कांग्रेसका उम्मेदवार लाई पछि पार्दै विजयी भएका हुन् ।

माओवादीले टिकट नदिएपछि एमाले(माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका छिमिदोर्जेविरुद्ध छक्क लामाले वागी उम्मेदवारी दिएका थिए ।

लामाले ८ हजार ४ सय ९१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याएका थिए । तर वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले भने २ हजार ७ सय मत मात्र पाएका छन् ।

कलम चिन्हमा चुनाव लडेका छक्क बहादुर लामा हुम्ला जिल्लाका कम्युन्ष्ट विचारकका रुपमा चिनिन्छन । पूर्व सांसद लामा पूर्व राज्यमन्त्री समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*