डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १२:१९

दुनै, डोल्पा, २२ मंसिर (रासस) : बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ । वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक हजार २१३ मत ल्याएर पराजय हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा जम्मा मतादाता आठ हजार २४३ मध्ये कुल खसेको छ हजार ७८६ मतमा छ हजार ७०३ मत सदर भएकोमा ८५ बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*