चुनावमा बालबालिका प्रयोग भएनन, अभियान सफल भएको दाबी

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार ०९:२२

शिव चौलागार्इँ
मकवानपुर २१ मसिंर । मकवानपुरमा प्रतिनिधी तथा प्रदेशसभाको चुनावका दिनमा बालबालिका प्रयोग शूल्य देखिएको छ । चुनावमा बालबालिकाको प्रयोगका विषयमा अनुगमनमा सक्रिय बालअधिकारकर्मीका अनुसार विगतका चुनावको तुलनामा बालबालिका प्रयोग क्रमश घट्दै गएको हो । चुनावका दिन मकवानपुरमा बालबालिकाका सवालमा कार्यरत विभिन्न सरोकारवालाले बालबालिका प्रयोग भए नभएको बारे अनुगमन गरेका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला बालकल्याण समिति मकवानपुरको टोली, नियोक, युरोपियन युनियन, सिजप लगायतले चुनावका दिन मकवानपुरमा बालबालिका प्रयोग भए नभएको बारेमा अनुगमन गरेको हो । मकवानपुरका विभिन्न केन्द्रमा अनुगमनमा पुगेका बालअधिकारकर्मी, बाल कल्याण समिति मकवानपुरका सदस्य एवम् बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाका अनुसार चुनावका दिनमा बालबालिका प्रयोग शून्य देखिनु आफूहरुका लागि खुशीको कुरा भएको बताए ।

‘चुनावका केही दिनअघि देखि नै हामी अनुगमनमा छौं, अनुगमनका क्रममा चुनावमा बालबालिका प्रयोग भएको पाइएन’ खतिवडाले भने, ‘हामी बालअधिकारकर्मीका लागि यो जति खुशीको कुरा के हुन सक्ला ?’ उनका अनुसार मकवानपुरमा सरकारी एवम् गैर सरकारी निकायको खबरदारीका कारण चुनावमा बालबालिका प्रयोग नभएको पाइएको हो । बालबालिकाका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाहरुले दल तथा समाजमा पारेको जागरणका कारण बालअधिकार संरक्षित हुने अवस्था बन्दै जानु आफूजस्ता बालअधिकारकर्मीका लागि सुखद् कुरा भएको उनको भनाई छ ।
चुनावका दिन जिल्ला बालकल्याण समिति मकवानपुर नेतृत्वको बाल अधिकार अनुगमन टोलीले पनि चुनावको दिन मकवानपुरको विभिन्न २२ वटा मतदान केन्द्रमा पुगेर अनुगमन गरेको थियो । दुई वटा बालअधिकार अनुगमन दुई वटा टोलीमा केन्द्रिय बाल कल्याण समितिका आत्मराम थापा, बाल कल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमाल, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरी, एस्थर बेञ्जामिनका केदार आचार्य, सहास नेपालका प्रताप श्रेष्ठ, माधव न्यौपाने, सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, जिल्ला बालक्लव सञ्जाल मकवानपुरकी रोनिशा फुयाल सहभागी थिए ।
विगतका चुनावमा बालबालिका झण्डा बोकेर प्रचार प्रसारमा हिडेको धेरै ठाउँमा देखिने गरेपनि सामाजिक संस्थाको जागरण तथा राज्यले विशेष ध्यान गरेकाले अहिले त्यस्तो अवस्था नरहेको बालअधिकारकर्मी सुशीलराज गिरीको भनाई छ । अहिले चुनावमा बालअधिकार–बालसंरक्षण अनुगमनमा सहभागी भइरहँदा पनि बालबालिकालाई प्रयोग गर्नु हुन्न भन्ने सबै दलमा आएको उनको विश्लेषण छ । भन्छन्, ‘बालबालिकालाई चुनाव प्रचारप्रसार देखि विभिन्न गतिविधीमा सामेल गराएका छन् की भन्ने आशङ्का सहित हामी अनुगमनमा निस्कँदा कतै पनि त्यस्तो पाइएन, हाम्रो लक्ष्य सफल हुदै गइरहेको छ भन्ने लाग्छ ।’
जिल्ला बालकल्याण समिति मकवानपुरका सूचना व्यवस्थापन अधिकृत रवि हमाल पनि पछिल्लो समय बालबालिकालाई चुनावमा प्रयोग गर्ने क्रम घटेको पाइएको बताए ।

चुनावका दिन बालबालिका प्रयोग नभएको पाइएपनि केही दिन अघि एक चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरेर आफ्नै प्रतिबद्दता आफैंले तोडेको पाउँदा भने दुःख लागेको बताए । बालबालिकाको अधिकार पूर्ण रुपमा प्रत्याभूत गर्नका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने उनको धारणा छ । चुनावमा राज्यले जारी गरको आचारसंहिताको पूर्ण पालना गर्नका लागि सबै पक्ष जिम्मेवार बनाउँन आफूहरुले निगरानी गरेको उनले बताए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा निर्वाचनका बेलामा कुनै पनि बालबालिका प्रयोग गर्न नपाइने उल्लेख छ । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधन २०७४ मा बालबालिकासंग प्रत्यक्ष संशोधित बुँदा नम्बर ४ ९(ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउँन नहुने’प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*