डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको विनिमयदर यस्तो

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०८:४४
file-photo

काठमाडौँ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।