मकवानपुरको आग्रामा ६ जना म्यादी प्रहरीको बिचल्ली

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार २१:१७

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत साविक आग्रा ७ देउखेलमा ६ जना म्यादी प्रहरी अलपत्र परेको स्थानीयले बताएका छन् । त्यहाँस्थित सरस्वती मावि मतदान केन्द्रमा कमाण्डरले छोडेर गएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीयका अनुसार असई तेजनारायण यादवको कमाण्डमा खटिएको ९ जना म्यादी प्रहरीसहित १४ जना सुरक्षाकर्मीमध्ये ६ जनालाई त्यहीँ नै छोडेर गएको र बाँकी प्रहरी भने मतपेटिका सहित सदरमुकाम फर्किएको बताइएको छ ।

उनीहरु बिना सुरक्षा र बिना कमाण्ड नै त्यहाँ बस्न बाध्य भएको र खानेकुराहरु समेत आफैले व्यवस्था गर्नुपर्ने बाध्यता भएको बताइएको छ । उनीहरुलाई बिना सुरक्षा मतदान स्थलमा नै कुनै तयारी र व्यवस्था नै नगरी लापरवाहीपूर्वक छोडिएको भन्दै तु खबरलाई गुनासो आएको छ ।

यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलीपराज झाले भने सवारी साधनमा मतपेटिकासहित फर्कनुपर्दा ठाउँ नपुगेकाले उनीहरुलाई त्यहीँ नै छोडिएको बताएका छन् । उनीहरुले मतगणना नसकिएसम्म त्यहीँ नै ड्युटी हुने हुँदा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न सकिने डिएसपी झाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*