मकवानपुरमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी २ वटा बम बिस्फोट
मकवानपुर २१ मसिंर । मकवानपुरको मनहरी १ चकरी मकरी बाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम बिस्फोट भएको स्थानियको भनाई छ । बिस्फोटको कारण हाल सम्म क्षतिको विवरण भने आएको छैन् ।
