मकवानपुरको कुल जनसंख्या ४६१०५३, पुरुषको भन्दा महिलाको संख्या बढी

मकवानपुर । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनसंख्या अनुसार, नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको हो । जसमा पुरुषको संख्या महिलाको तुलनामा कम रहेको छ ।
सार्वजनिक नतिजाअनुसार, मकवानपुरमा जनसंख्या २०६८ सालको तुलनामा ०.८८ प्रतिशतले बढेको छ । जिल्लामा २०६८ सालमा ४ लाख २० हजार ४ सय ७७ रहेको जनसंख्या बृद्धि भई ४ लाख ६१ हजार ५३ पुगेको छ । जिल्लाको कुल जनसंख्यामध्ये पुरुषको संख्या २ लाख २८ हजार ४ सय ७२ र महिलाको संख्या २ लाख ३२ हजार ५ सय ८१ रहेको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या हेटौंडा उपमहानगरपालिकामा रहेको छ । हेटौंडाको कुल जनसंख्या १ लाख ९५ हजार ९ सय ५१ रहेको छ । जसमा ९७ हजार ३ सय २४ जना पुरुष र ९८ हजार ६ सय २७ जना महिला रहेको सार्वजनिक जनगणनाको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, मनहरी गाउँपालिकामा ४७ हजार १ सय ४४ जना, बकैया गाउँपालिकामा ४० हजार ६ सय ७१ जना, थाहा नगरपालिकामा ३९ हजार १ सय ६३ जना, ईन्द्रसरोवर गाउँपालिकामा १३ हजार ७ सय ५८ जना, बागमती गाउँपालिकामा ३० हजार ६ सय २५, भीमफेदी गाउँपालिकामा २१ हजार ६ सय २६, कैलाश गाउँपालिकामा २१ हजार ९ सय ९२, मकवानपुरगढी गाउँपालिकामा २४ हजार २ सय ५२ र राक्सिराङ गाउँपालिकामा २५ हजार ८ सय ७१ जनसंख्या रहेको छ ।