राष्ट्र बैकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । नेपालमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैठकले यसका लागि बोलकबोलको सूचना सार्वजनिक गरिसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते अर्थात भालि बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ । ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा २०८० माघ १२ गते पाइनेछ । खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।



