उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०८:४८

राजविराज, २१ मंसिर । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एक उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् ।

वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा क का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको राससले जनाएको छ ।

सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक पत्रिकामा समाचार लेखेको विषयलाई लिएर मण्डलले आफूलाई फोनमार्फत धम्की दिएको पत्रकार पासवानको आरोप छ ।

एमालेका स्थायी समिति सदस्य एवं २ नम्बर प्रदेश संयोजकसमेत रहेका मण्डलले पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर चुनावलगत्तै ठीक पारिदिने भन्दै धम्की दिएको पासवानको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*