कुमारी मोक्तानले गरिन् मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०८:३२

हेटौँडा, २१ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को क का प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले मतदान गरेकी छिन् । उनले हेटौँडा–१३ मा अवस्थित कालिका निमावि मतदान केन्द्रबाट मतदान गरेकि हुन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्दैछन् । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् । कुल मतदातामध्ये मकवानपुरमा पुरुष मतदाता १ लाख २९ हजार ६ सय २८, महिला १ लाख २५ हजार ९ सय ७०, तेस्रो लिङ्गी ६ जना रहेका छन् ।
३ सय २४ मतदान केन्द्र रहेको मकवानपुरमा २ हजार ५ सय १३ जना कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*