नुवाकोटमा टिपर दुर्घटना हुँदा पाँच घाइते

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार १६:०२

नुवाकोट, १७ मंसिर । नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजार नजिकै आज टिपर दुर्घटना हुँदा टिपरका चालकसहित पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बा ४ ख ७९२७ नम्बरको टिपर त्रिशूलीबाट मैलुङतर्फ गइरहेको समयमा शान्ति बजार नजिकै नयाँ पुलमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी टिपरका चालक ककनी गाउँपालिका–४ का पदमबहादुर श्रेष्ठ, गाडीमा सवार किस्पाङ गाउँपालिका–२ का सुमन तामाङ, रसुवा उत्तरगया गाउँपालिकाका कर्साङ तामाङ, श्याम तामाङ र दावा पन्त घाइते भएका हुन् ।

घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको वीर अस्पतालस्थित ट्रमा केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*