हेटौंडामा १६ मिटरमात्र सडक विस्तार गर्ने निर्णय
मकवानपुर, १४ मंसिर । आज बसेको मन्त्रीपरिषद् बैठकले हेटौंडाको मूख्य खडकमा १६ /१६ मिटरमात्र भत्काउने निर्णय गरेको छ ।
त्रिभुवन राजपथ र महेन्द्र राजमार्गलाई मूख्य राजमार्गबाट हटाउने निर्णय पनि मन्त्रीपरिषदले गरेको छ । यो राजमार्गको रातोमाटेदेखि चौकीटोलसम्म बाइपास बनाएर हाल कायम रहेको सडकलाई राजमार्गबाट हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको उर्जा तथा उपप्रधानमन्त्री कमल थापाले बताए ।
हेटौंडामा सडकको दुबै तर्फ २५ /२५ मिटर कायम गर्न डिभिजन सडक कार्यालयले बारम्बार सूचना प्रकाशित गर्दै आएपछि यहाँका बासिन्दा तथा व्यवसायी आतंकित थिए ।
मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष तथा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले मन्त्रीपरिषद्को यो निर्णय स्वागतयोग्य रहेको बताए । यो निर्णयलाई हामी स्वागत गर्छौ, न्यौपानेले तु खबरको जिज्ञासामा भने ।
केही समयअघि डिभिजन सडकले हेटौंडालाई २५ /२५ मिटर विस्तार गर्ने कार्य अघि बढाएको थियो ।
