तु खबरका कार्यकारी सम्पादक घलानलाई पितृशोक

तु खबर संवाददाता
२०७४ मंसिर ९, शनिबार २१:२९

मकवानपुर, ०९ मंसिर । तु खबर डट कमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पितृशोक परेको छ । अचानक विरामी भई उपचारका लागि चुरे हिल अस्पताल हेटौंडा ल्याइएका कार्यकारी सम्पादक घलानका ९४ बर्षीय बुबा मानबीर घलानलाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालमा परिक्षण गर्दा उनको मुटुको चाल थिएन ।
घलानको बुबाको भोलि धार्मिक परम्परा अनुसार सदगद गरिनेछ । तु खबरका प्रधान सम्पादक गिरिजा अधिकारीले आज शोक विज्ञप्ती निकालेर मानबीर घलानप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, कार्यकारी सम्पादक घलानसहित सबै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*