इटहरीमा नेकपाका एकजना कार्यकर्ता पक्राउ
इटहरी, ६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका एक जना कार्यकर्तालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । उनलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेका छन् । उनलाई इटहरीको बिपी चोकबाट गए राति पक्राउ गरिएको हो ।
उनीसंगै अहिलेसम्म सुनसरीमा नेकपाका आठ जना नेता तथा कार्यकर्तालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
