मकवानपुरमा गोरु सहितको ३ वटा ट्रक नियन्त्रणमा

तु खबर संवाददाता
२०७४ कार्तिक २१, मंगलवार १२:०४

हेटौँडा, २१ कात्तिक । मकवानपुरको पशुपतिनगरमा गोरु सहित ३ वटा ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान कबिर १० बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा ९ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा ती ट्रकहरु नियन्त्रणमा लिइएको हो ।

हेटौडा हुँदै पुर्व झापा तर्फ जान लागेको न.६ ख.२२२३, ना.४ ख. १०११ र ना.७ ख. ७०४९ नम्बर को ट्रकमा ६५ वटा गोरु फेला परेको र उक्त ट्रकमा गोरुहरुको लागी चाहिने आवश्यक कागजात समेत नभएकोले पक्राउ गरिएको बताइएको छ

नियन्त्रणमा लिइएका गोरु सहितको ट्रकहरुलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*