देउवाद्वारा कांग्रेस पदाधिकारीको बैठक आह्वान

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १३:५२
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीको बैठक आह्वान गरेका छन् ।

मंगलबार दिउँसो सानेपामा बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ ।

बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*