हेटौँडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी

तु खबर संवाददाता
२०७४ कार्तिक २०, सोमबार ०३:१५

हेटौँडा, २० कात्तिक । हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको छ । सरकारले तयार पारेको प्रादेशिक संरचना अनुसार हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको समाचार आजको प्रदेश दैनिकमा प्रकाशित छ ।

प्रदेशसभाको निर्माण पछि प्रदेश सभाले पछि परिवर्तन गर्न सक्ने गरी हेटौँडालाई अस्थायी राजधानी तोकिएको हो । अस्थायी राजधानीमा मुख्य मन्त्री सहितका कार्यालयहरु रहने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले प्रदेश नम्बर १ को धनकुटा, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को दिपायललाई प्रदेशको काम कारबाहीको लागि कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।

सरकारले सबै ७ वटै प्रदेशको संरचना तयार पारेको हो । प्रदेश प्रमुखको नीजि सचिवालयमा सचिव स्तरको एक स्वकिय सचिव, एक उपसचिव तथा एक अधिकृत स्तरको कर्मचारी हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*