मनहरी गाउँपालिकाको बजेट ८३ करोड ६७ लाख (पूर्णपाठसहित)
मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको बिहिबार बसेको ९ औं गाउँसभामा उपाध्यक्ष मनिला विष्टले आगामी आवको लागि रु ८३ करोड ६७ लाख ८६ हजार बजेट विनियोजन गरेको जानकारी दिएकी हुन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण नियन्त्रण, कृषि तथा पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटन विकास, पूर्वाधार विकास, शैक्षिक विकास कार्यक्रम, थाहा स्वास्थ्य बीमा कार्यक्रम, विद्युतीय सुशासन कायमलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :
