गजल मञ्च मकवानपुरको १७७ औं गजल यात्रा सम्पन्न

तु खबर संवाददाता
२०७८ बैशाख ४, शनिबार १७:४५

मकवानपुर । गजल मञ्च मकवानपुरको १७७ औं नियमित गजल यात्राको शृङ्खला शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम मञ्चका अध्यक्ष देवराज तिवारीको अध्यक्षता तथा मकवानपुरका वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष एवम् झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, प्रगतिशील लेखक संघ मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सचिव डिबी वर्तौला, सुस्केरा परिवारका राम कार्की, यादव श्रेष्ठ, गजलकार किशन पौडेल, सानु खनाल, सञ्जित श्रेष्ठ, प्रशन्ना चौलागाई स्वस्तिका दाहाललगायत करिब डेढ दर्जन गजलकारहरुले गजल बाचन तथा गायन गरेका थिए ।

मञ्चले हरेक महिनाको पहिलो शनिबार गजल यात्राको नियमित शृङ्खला सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*