नेपालमै पहिलो पटक कुलेखानीमा पम्पिङ स्टोरेज
मकवानपुर । कुलेखानीमा इन्द्रसरोवरको पानी प्रयोग गरेर विद्युत प्राधिकरणले नेपालमै पहिलोपटक पम्पिङ स्टोरेज आयोजना निर्माण गर्ने भएको छ ।
प्राधिकरणले एक सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ९ अर्ब रुपैयाँ लागतमा आयोजना अगाडि बढाउन लागेको हो । त्यसका लागि उसले सर्भे लाइसेन्स पाइसकेको छ। कुलेखानीको इन्द्रसरोवर तालमा आधारित रहेर अहिले तीनवटा योजना सञ्चालनमा छन् ।
कुलेखानी जलविद्युत आयोजना विद्या प्रथमबाट ६० मेगावट बिजुली उत्पादन हुन्छ । यो आयोजनाबाट निस्केको माण्डु खोलाको र राप्तीको पानी पम्पिङगरि भैसेमा ३२ मेगावट विद्युत उत्पादन गर्ने गरेको छ ।
दोस्रो आयोजनाबाट निस्केको पानी तीन सय मिटर पर कुलेखानी तेसोको लागि प्रयोग हुन्छ । त्यसमा खानि खोलको समेत पानी मिसाएर कुलेखानी तेसो आयोजनाबाट प्राधिकरणले १४ मेगावट विद्युत उत्पादन गर्दै आएको छ ।
यसपछिको पानी इन्द्रसरोवरमा फर्काउने गरेको छैन् । प्राधिकरणले अब सिस्नेरीतर्फ करिब पाँच सय मिटर लामो सुरुङसहित पम्पिङ स्टोरेज आयोजना बनाउन लागेको छ।
विद्युतको माग उच्च भएको बेला चलाउने र विद्युत उत्पादन गरेर बाहिरेको पानी बिजुली खेर जाने बेला राति इन्द्रसरोवर तालमै फर्काउने गरि प्राधिकरणले कुलेखानी सिस्नेरी पम्पिङ स्टोरेज आयोजना करिब नौं अर्व लागतमा बनाउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
पिकलोडको समयमा विहान कुलेखानीमा भएको पानी तल उत्पादन गरेको प्रारम्भिकको अध्ययनबाट अहिले करिब १०० मेगावटको पम्प टरवाईन राख्ने योजना रहेको शाक्यले प्रतिक्रीया दिए।
तल्लो जलाशयमा उत्पादन पानी राति १० बजेपछि विजुली सस्तो भएको बेलामा त्यहि सस्तो बिजुली प्रयोग गरेर त्यहि पानि माथि कुलेखानीमा टरवाईन प्रयोग गरेर सट्टा भर्ना गरिदिने कार्यकारी निर्देशक शाक्यले जानकारी गराए।
प्राधिकरण इन्जिनियरिङ कम्पनिले दुई वर्ष अघिनै यो आयोजना प्रतिफल दिने निष्र्कषसहित अघि बढाउन प्रस्ताव गरेको थियो । त्यतिखेर कम्पनीमा रहेका हितेन्द्रदेव शाक्य अहिले आफै प्राधिकरणको नेतृत्वमा छन् ।
प्राधिकरणलाई विद्युत विकास विभागले चैत्र २० गते सर्वे लाईसेन्स दिसकेको छ । एक वर्षभित्र अध्ययन सकि दुई वर्ष भित्रमा आयोजना बनाउने प्राधिकरणको तयारी छ । आयोजनाबाट निस्केको करिब १० लाख क्युबिक मिटर पानी जम्मा गर्न सिस्नेरीमा ड्याम बनाईने छ र त्यो पानी रातको समयमा इन्द्रसरोवर तालमै फर्काइन्छ ।
यसरी उत्पादन गर्ने विद्युतको लागत प्रतियुनिट तीन रुपियाँ ६० पैसा पर्ने र प्रतियुनिट नौ रुपियाँ ४० पैसाको दरले बेच्ने प्राधिकरणको योजना छ । के योजना सफल होला त भन्ने प्रश्न पनि उठिरहेका छन् । उजाविद् रत्नसंसार श्रेष्ठका अनुसार, तीन रुपियाँ ६० पैसा प्रतियुनिट पाउछु भनेको छ त्यो तीन रुपियाँ ६० पैसा साच्चिकै दर होर भन्ने उनको प्रश्न छ । विद्युतले लागतमा केहि फाइदा राखर उत्पादन गरेको विद्युत किन त्यहि मुल्यमा बेच्न नसक्ने उनले बताए।
प्राधिकरणले यस अघि बेगनाश तालका पानि रुपा तालमा पम्पिङ स्टोरेज आयोजान बनाउन लाईसेन्स पाएको थिया तर, प्रतिफल आउने नजनाएको देखेर काम अघि बढाएको छैन्। आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।
